काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक शनिबार अपराह्न चार बजे बस्ने तय भएको छ । यसअघि गत बुधवार बसेको बैठकले शनिवार बस्ने निर्णय गरेको हो। आजको सचिवालय बैठकलाई अन्य बेलाको भन्दा अलि महत्वपूर्ण मानिएका छ । जसको कारण नेताहरुले आफूनिकटका नेताहरुसँग छलफलमा जुटेका छन् ।
नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बिहान खुमलटार निवासमा पूर्वमाओवादीका केही नेताहरुसँग परामर्श गरेका स्रोतले जनाएको छ ।
गत बैशाख ८ गते सरकारले ल्याएको अध्यादेश प्रकरणपछि नेकपाभित्र उत्पन्न विवादको समाधान खोज्न यो बैठक निर्णायक हुने अनुमान गरिएको स्रोतको दाबी रहेको छ ।
अघिल्लो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतम तथा माधव नेपाललाई देखाएको आश्वासन पुरा गर्ने वा नगर्ने भन्ने विषयमा बोल्ड निर्णय गर्ने भएकाले पनि महत्वपुर्ण मानिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया