सचिवालय बैठक बस्नु अघि ओली पुगे राष्ट्रपति भेट्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति बिध्यादेवी भण्डारी भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेको राष्ट्रपति कार्यालयको स्रोतले जनाएको छ ।

शनिवार ५:३० बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बस्न लागेको छ ।

पछिल्लो समय नेकपामा देखिएको राजनीतिक उतारचढाव देखिएको छ ।

गत बुधवार बसेको सचिवालयले आज अपरान्ह ४ बजेका लागि बैठक तय गरेको थियो ।

तर शनिवार दिउसो मात्र बैठक डेढ घण्टालाई सारिएको थियो । यसरी सचिवालय बैठक बस्नु केही समय अघि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?