काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी समितिको बैठक आगामी बैशाख २५ गते बस्ने निर्णय गरेको छ ।
शनिवार साँझ बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
नेकपाभित्र देखिएको विवाद हाललाई थामथुम पारिएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमीकमजोरी स्वीकार्दै आत्माआलोचना गरेका थिए भने प्रचण्डसहितका अन्य नेताहरुले पनि आत्माआलोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए
यस्तै उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसमभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा प्रवेश गरेपछि प्रधानमन्त्री बनाउने विषयमा समझदारी बनेको पनि उनले बताए ।
त्यस्तै आज बसेको बैठकले अर्को सचिवालयको बैठक आगामी बैशाख २४ गते बस्ने निर्णय गरेको छ ।
यस अघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?
सचिवालय बैठकमा प्रचण्डको फेरिएको आसन, संकेत के हो ?
कोरोना पछिल्लो अपडेट : विश्वमा आज ९ सय भन्दा बढीको मृत्यु, झनै बढे संक्रमित
नेकपाको सचिवालय बैठक शुरु, के होला निर्णय ?
सचिवालय बैठक बस्नु अघि ओली पुगे राष्ट्रपति भेट्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया