काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण विश्वमा यो समाचार तयार पार्दासम्म २ लाख ४२ हजार ६ सय २३ जनाको ज्यान गइसकेको छ । भने ३४ लाख ४५ हजार ५ सइ १९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने ती मध्ये ५१ हजार १८ जनाको अवस्था गम्भीर रहेको छ । भने ११ लाख २ हजार ४ सय ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण विश्वभर ३ हजार १ सय ७५ जनाको ज्यान गइसकेको छ । भने ४७ हजार भन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । तर विश्वका धेरै मुलुकहरुमा बितेको २४ घण्टामा कोरोना संक्रमण देखिएको छैन् ।
फ्रान्समा बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । त्यहाँ हालसम्म कोरोना भाइरसको कारण हालसम्म २४ हजार ५ सय ९४ जना मानिसको ज्यान गइसकेको छ । भने १ लाख ६७ हजार ३ सय ४६ जना कोरोना संक्रमणको शिकार भइसकेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै अर्काे देश पेरुमा बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । जहाँ हालसम्म कोरोनाको कारण १ हजार भन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ । भने हालसम्म ४० हजार ४ सय ५९ जना कोरोना संक्रमणको शिकार भएका छन् ।
त्यस्तै आयरल्याण्डमा पनि बितेको २४ घण्टामा कोरोनाको कुनै असर देखिएको छैन् । त्यहाँ हालसम्म २० हजार ८ सय ३३ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म कोरोनाको कारण १ हजार २ सय ६५ जनाको ज्यान गइसकेको छ ।
त्यस्तै जापानमा हालसम्म कोरोनाको कारण ४ सय ५५ जना मानिसको ज्यान गइसकेको छ । भने १४ हजार ३ सय ५ जना मानिसमा कोरोना संक्रमणको असर देखिएको छ । तर बितेको २४ घण्टामा जापानमा कुनै पनि मानिसमा थप कोरोना संक्रमण देखिएको छैन् । भने कसैको पनि कोरोनाको कारण ज्यान नगएको तथ्यांकले देखाएको छ ।
त्यस्तै युएईमा पनि बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । तर त्यहाँ हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ सय ११ पुगेको छ भने त्यँहा १३ हजार ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया