काठमाडौं । हालै प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका १९ जना वरिष्ठ प्रहरी अधिकृतहरु र प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २४ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उनीहरुलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएकाअधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात प्राप्त गर्ने जिम्मेवारी एवम् संगठनकोउद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरीउत्कृष्ट काम गर्न निर्देशन दिए । बढुवासँगै प्रहरी अधिकृतहरु थपरचानात्मक भई निष्ठा र पदीय आचरण पालन गरीराज्यले सुम्पेको दायित्व र भूमिका निर्वाह गर्न सफल हुनुपर्ने उनले बताए ।
प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नतिमा मूल्याङ्कनका सूचक र विधिबारे चर्चा गर्दै हरेक दृष्टिकोणले अब्बल भई पदोन्नति भएअनुसार आफ्नो जिम्मेवारी पूरा गर्नेतर्फ उन्मुख हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया