नेपालगञ्जमा अहिलेसम्म १६ जनामा मात्र कोरोना संक्रमण पुष्टि: भेरी अञ्चल अस्पताल

काठमाडौं । भेरी अञ्चल अस्पताल नेपालगञ्जले आइतवार १५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

नेपालगञ्जमा थप कोरोना संक्रमित देखिएको हल्ला बाहिरीएसँगै भेरी अञ्चल अस्पतालले मध्यरातमा एक सूचना जारी गर्दै अहिलेसम्मको परीक्षणमा १६ जना मात्र संक्रमित फेला परेको जानकारी दिएको छ । भने बाँकी अन्यको नमुना परीक्षण भोलिबाट मात्र शुरु हुने अस्पतालले जनाएको छ ।

नेपालगञ्जमा १५ तथा वीरगञ्जमा १ गरि आइतवार मात्र नेपालमा १६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यससँगै कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । भने हालसम्म नेपालमा कोरोना संक्रमणको संम्भावित ३ सय २१ जना रेड जोनमा रहेका छन् ।

साथै अन्य उपचाररतको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?