काठमााडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भेट भएको दुई नेताबीचको भेटमा बैशाख २५ गते बस्ने स्थायी कमिटीमा छलफल गर्ने एजेण्डाका बारेमा कुराकानी भएको जनाइएको छ ।
यस अघि गत शनिबार बसेको सचिवालय नेकपाको सचिवालय बैठक बसेको थियो । उक्त बैठकपछि ओली र प्रचण्डबीच आज पहिलोपटक भेटवार्ता भएको हो । पछिल्लो समय नेकपाभित्रको आन्तरिक किचलोका कारण नेताहरुले भेटघाट बढाइरहेका छन् । त्यस्तै आईतबारमात्रै अध्यक्ष दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको थियो ।
शनिवार बसेको सचिवालय बैठकले आगामी बैशाख २५ गते स्थायी समितिको बैठक बस्ने तथा २४ गते अर्को सचिवालय बस्ने निर्णय नेकपाले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया