लकडाउनबारे मंगलवार बस्ने उच्चस्तरीय समितिले निर्णय गर्ने

काठमाडौ । सोमवार कोरोना रोकथाम तथा न्यूनीकरणका लागि बनेको उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ । उक्त बैठकले थप गृहकार्य गरेर लकडाउनबारे निर्णय गर्ने भएको छ ।

आज बसेको बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँगको छलफलका आधारमा लकडाउनको मोडालिटी तयार गरिने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव नारायण विडारीले जानकारी दिएका छन् ।

कोरोना रोनकथाम तथा नियन्त्रणको सुरक्षार्थ सरकारले आगामी बैशाख २५ गतेसम्मका लागि लकडाउन गरेको छ ।

आइतवार(हिजो) मात्र नेपालमा थप १६ जनामा कोरोना संक्रमण देखिएको छ । जसका कारण जोखिम केहि थपिएको छ । साथै मंगलबार बस्ने उच्चस्तरीय समितिको बैठकले लकडाउनबारे मन्त्रीपरिषद्लाई खाका पठाउने तयारी रहेको विडारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?