काठमाडौं । अमेरिका कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रताडित देश हो । कोरोनाको साथसाथै अमेरिकामा मौसमले पनि धेरै क्षति गरिरहेको छ ।
नेशनल वेदर सर्भिसले अमेरिकाका केहि राज्यहरुमा भयंकर तुफानको चेतावनी दिएका छन् । बितेका केहि हप्ता यता अमेरिकामा मौसमले त्रास पैदा गरिरहेको छ ।
जसका कारण दक्षिण अमेरिकमा अत्याधिक वर्षा, तुफान र बाढी समेत आएको थियो । अब फेरी एकपटक मौसम विशेषज्ञले चेतावनी जारी गरेका छन् । accuweather.com का अनुसार सोमवारदेखि एक भयंकर तुफान आउने खतरा जारी रहेको छ ।
यो भन्दा पहिला आईतवार केन्द्रीय मैदानदेखि लिएर टेनेसी घाटीसम्म आँधी तथा तुफानले अत्याधिक क्षति गरेकोे थियो । स्टोर्म प्रेडिक्शन सेन्टर (SPC) का अनुसार आईतवार २३० भन्दा धेरै साना ठूला तुफान आएका थिए ।
२४ घण्टा सतर्क रहन आग्रह
अन्तर्राष्ट्रिय हवाई अड्डाले आईतवार ७१ मील प्रति घण्टाको रफ्तारमा तुफान आएको जनाएको थियो । जसका कारण टेनेसी घाटीमा अत्याधिक नोक्शान भएको थियो ।
बिजुली लाइनमा असर गरेको कारण १ लाख ७५ हजार भन्दा धेरै मानिसहरु अध्यारोमा बस्न बाध्य भएका थिए ।
सोमवार पछि अब फेरी टेनेसी घाटीमा पश्चिमी ओक्लाहोमामा भयंकर तुफान आउन सक्ने खतरा रहेको बताइएको छ ।
एक्यूवेदर मौसम विज्ञानी जेक सोज्डाले भने, तुफान दक्षिणी मैदानका साथै मिसिसिपीबाट अगाडि बढ्ने छ ।
जसका कारण दक्षिणपूर्वी केन्सासबाट लिएर केन्द्रिय मिसोरीसम्म तीव्र वर्षा, आँधी तुफान र भयंकर ओलावृष्टि हुन सक्नेछ ।
साथै पूर्वी ओक्लाहोमामा र उत्तरी आ अर्कान्ससबाट पश्चिमी मेन्टकी र टेनेसीसम्म यसको असर पर्ने बताइएको छ । भारी वर्षाका कारण केहि क्षेत्रमा बाढीको खतरा समेत रहेको नेशनल मौसम विभागले जनाएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया