काठमाडौं । मंगलवार साँझ बालुवाटारमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुने बैठकमा लकडाउनको मोडल परिवर्तन गरिन लागेको रक्षामन्त्रीको सचिवालयले जनाएको छ।
लकडाउन खुकुलो बनाउने नभएर, निश्चित ठाउँका मान्छे आवतजावत गर्न मिल्ने रअत्यावश्यक वस्तुको उत्पादन गर्न मिल्ने मोडलमा बैठक बस्न लागेको सचिवालय श्रोतले बताएको छ । तर, अहिलेसम्म लकडाउनको मोडलमा के(के परिवर्तन गर्ने भन्ने निश्चित नभएको श्रोतले जानकारी दिएको छ ।
लकडाउनको मोडल कस्तो बनाउने भन्ने बारेमा भने, समितिका सदस्य रहेका मन्त्री र चार वटै सुरक्षा निकायको सुझावका आधारमा तय हुने श्रोतको भनाई छ ।
निश्चित दुरी कायम गरी उद्योग कलकारखाना खुलाउने गरी छलफल भईरहेको पनि श्रोतले जानकारी दिएको छ ।
कोरोना संक्रमित क्षेत्रमा लकडाउनको मोडल परिवर्तन हुन सक्ने अनुमान गरिएको छ।
आज समितिको बैठकले लकडाउन मोडलबारे प्रस्ताव तयार पारेपछि आजै मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने तयारी रहेको छ।
वैशाख २५ गते नेकपा स्थायी कमिटी बैठक र २६ गते संसदको बजेट अधिवेशन बोलाइएकाले काठमाडौं उपत्यकामा लकडाउन खुकुलो हुन सक्ने अनुमान छ।
लकडाउन खुल्यो भने नागरिकको पूर्वतयारी के हुनुपर्दछ ? डा. रवीन्द्र पाण्डेका यस्ता सुझाव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया