प्रधानमन्त्री ओली र वरिष्ठ नेता खनालबीच भेटघाट

काठमाडौं । मंगलवार प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनालसँग छलफल गरेका छन्।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताको भेटघाटमा नेकपाभित्र पछिल्लो समय विकसित राजनीतिबारे छलफल भएको स्रोतले बताएको छ ।

पछिल्लो समय नेकपाको राजनीतिमा नेताहरुबीच बिचलन देखिएको छ । वरिष्ठ नेता खनाल पछिल्लो समय नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधव नेपाल खेमामा रहेका छन् । साथै पार्टीभित्रको राजनीतिक समिकरण मिलाउनको लागि प्रचण्ड नेपाल जस्तै खनालले पनि ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने पक्षमा देखिएका छन् ।

त्यस्तै आजै मात्र खनालसँग भेट्नुअघि प्रधानमन्त्री ‌ओलीले ‘प्रचण्ड’ सँगसमेत छलफल गरेका थिए।

ओली-प्रचण्ड छलफलमा स्थायी समिति बैठकमा पेस गर्ने प्रस्तावबारे छलफल भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?