कोरोना पछिल्लो अपडेट : आज मात्रै थपिए २२ हजार बढी संक्रमित

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ५२ हजार ९५० जनाको मृत्यु भएको छ भने ३६लाख ६५ हजार ४१८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १२ लाख ६ हजार ३१४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४९ हजार ६३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ६९ हजार ९२५ जनाको मृत्यु भईसकेको छ भने १२ लाख १३ हजार १० जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ४ जनाको मृत्यु भएको छ भने आजै अमेरिकामा १७५ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म २५ हजार ४२८ जनाको मृत्यु भएको छ भने २ लाख ४८ हजार ३०१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै इटालीमा २९ हजार ७९ जनाको मृत्यु भएको छ भने २ लाख ११ हजार ९३८ जनालाई संक्रमण भएको छ । त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २८ हजार ७३४ जनाको मृत्यु भएको छ भने १ लाख ९० हजार ५८४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म २५ हजार २०१ जनाको मृत्यु भएको छ भने १ लाख ६९ हजार ४६२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै जर्मनीमा महामारीका कारण ६ हजार ९९३ जनाको मृत्यु भएको छ भने १ लाख ६६ हजार १९९ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ४७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै रुसमा आज मात्रै ९५ जनाको मृत्यु भएको छ भने१० हजार १०२ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ४६१ जनाको मृत्यु भएको छ भने १ लाख २७ हजार ६५९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ३६७ जनाको मृत्यु भएको छ भने १ लाख ८ हजार ६२० जनालाई संक्रमण भएको छ ।

त्यहाँ आजज मात्रै ३५४ जना नयाँ संक्रमित थपिएका छन् भने २४ जनाको आजै मृत्यु भएको छ । त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ६ हजार ३४० जनाको मृत्यु भएको छ भने ९९ हजार ९७० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ईरानमा १ हजार ३२३ जना नयाँ संक्रमित थपिएका छन् भने ६३ जनाको आजै मृत्यु भएको छ । त्यस्तै छिमेकी देश चीनमा आज थप १ जनालाई संक्रमण भएको छ ।

यो सँगै चीन्मा ४ हजार ६३३ जनाको मृत्यु भएको छ भने ८२ हजार ८८१ जनालाई संक्रमण भएको छ । त्यस्तै क्यानडामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ८५४ जनाको मृत्यु भएको छ भने ६० हजार ७७२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म् ८ हजार १६जनाको मृत्यु भएको छ भने ५० हजार ५०९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ९२ जनाको मृत्यु भएको छ भने २४२ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै पेरुमा १ हजार ३४४ जनाको मृत्यु भएको छ भने ४७ हजार ३७२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै छिमेकी देश भारतमा १ हजार ५७१ जनाको मृत्यु भएको छ भने ४६ हजार ४७६जनालाई संक्रमण भएको छ । आज मात्रै भारतमा ५ जनाको मृत्यु भएको छ भने ३९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै नेदरल्याण्ड्समा आज मात्रै ८६ जनाको मृत्यु भएको छ भने ३१७ जना नयाँ संक्रमित आजै थपिएका छन् । योसँगै त्यहाँ अहिलेसम्म ५ हजार १६८ जनाको मृत्यु भएको छ भने ४१ हजार ८७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म १ हजार ५६९ जनाको मृत्यु भएको छ भने ३१ हजार ८८१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म १ हजार ७८४ जनाको मृत्यु भएको छ भने ३० हजार ९ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै २८ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै पोर्चुगलमा कोरोना भाइरसका कारण १ हजार ६३ जनाको मृत्यु भएको छ भने २५ हजार ५२४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको कारण अहिलेसम्म २ हजार २७१ जनाको मृत्यु भएको छ भने २४ हजार ९०५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ११७ जनाको मृत्यु भएको छ भने १ हजार ४३४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्विडेनमा कोरोना भाइरसका कारण अहिलेसम्म २ हजार ८५४ जनाको मृत्यु भएको छ भने २३ हजार २१६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ८५ जनाको मृत्यु भएको छ भने ४९५ जना नयाँ संक्रमित थपिएका छन् । आज मात्रै विश्वमा यो समाचार तयार पार्दासम्म ७०९ जनाको मृत्यु भएको छ भने २२ हजार १४७ जनालाई संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?