काठमाडौं । बुधवार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान एवम् सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै नेपालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको सुरक्षार्थ सरकारले जेठ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
छिमेकी देश भारतसँगको खुला नाकाको कारण पनि जोखिम थप बढ्ने भन्दै सरकारले भारतसँगको नाका समेत बन्द गरेको हो । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका बन्दसँगै आवत-जावतमा थप कडाइ गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले जेठ २ गतेसम्म हवाई उडानमा जेठ २ गतेसम्मको लागि प्रतिबन्ध लगाएको थियो । भने अहिले लकडाउन थपिएसँगै उडानमा १८ गतेसम्म प्रतिबन्ध लगाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया