ओलीले बीचैमा छोडेर हिँडेपछि सचिवालय बैठकले के गर्‍यो निर्णय? (भिडियोसहित)

ओली प्रचण्ड वार्ता जारी !

काठमाडौं – सचिवालय बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली जुरुक्कै उठेर हिँडेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ ।

स्थायी कमिटि बैठकका एजेण्डा तयार पार्न बसेको सचिवालय बैठकमा रडाको मच्चिएपछि स्थायी कमिटी बैठक नै अनिश्चित भएको हो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष बैठक चल्दाचल्दै हिँडेतापनि निरन्तर चलेको बैठकले कुनै निर्णय भने गरेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कुनै निर्णय गर्न नसक्दा बिहीबार बस्ने भनिएको स्थायी कमिटि बैठक समेत अनिश्चित बनेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबारको सचिवालय बैठकले कुनै निर्णय नगरेको बताए । स्थायी कमिटी बैठकका विषयमा भने दुई अध्यक्ष बसेर कार्यसूची तयार गर्ने वा बैठक नै के गर्ने भन्ने विषयमा निर्णय गर्ने उनले बताए ।

प्रधानमन्त्री एवम्  पार्टीअध्यक्ष ओली किन बीचैमा निस्कनुभएको त ? भन्ने पत्रकारको प्रश्नमा श्रेष्ठले भने ‘बैठकमा सके सबैजना बस्ने हो। कहिलेकाही सकिएन भने विभिन्न कारणले बैठकलाई जानकारी गराएर बैठकबाट निस्कने प्रचलन छ । ’

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको व्यस्तता र स्वास्थका कारण बैठकबाट निस्किनुभएको भनेपनि नेकपामा विवादीत बनेको एक पद एक मुख्य जिम्मेवारीमा विवाद भएको स्रोतले लोकपथलाई बतायो ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका नेताहरु गुटगत कित्तामा उभिएपछि पार्टीको कलह अझ सतहमा देखिन थालेको छ । आज बैठक बस्नुअघि नेताहरु एक अर्कासँग भेटघाट तथा छलफलहरु बढाएका थिए ।

 

यसैबीच अहिले पनि सत्तारुढ नेकपाका दुई अध्यक्ष भेटघाटमा छन् ।

सत्ताधारी दल नेकपामा पछिल्लो समय बिग्रीएको राजनीतिक समिकरण बुधबार सतहमा देखिएपछि सामाजिक सञ्जालमा कामकुरो एकातिर राजनीतिक दल एकातिर भन्दै एकैदिन १७ जना कोरोना संक्रमित थपिँदा समेत रमिता देखाउनै उद्यत रहेको भन्दै टिकाटीप्पणी हुन थालेका छन् ।

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

सचिवालय बैठक चल्दाचल्दै जुरुक्क उठेर हिँडे ओली , भएको के थियो ? 

नेपालमा कोरोना अपडेट: ९९ पुगे संक्रमित, जम्मा १४ हजार ९६ वटा पिसिआर परीक्षण (विवरणसहित)

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

हृदयघातको हल्ला पछि बोले पूर्वयुवराज पारस :  के हर्टअट्याक हुने मान्छे हो म ? 

कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?