काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक स्थगित भएपछि पहिलो पटक प्रतिक्रिया दिएका छन् ।
बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टि र आक्रोशपछि बिहीबारका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।
अध्यक्ष प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको भन्दै अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको रहेको बताए । उनले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ोलीसँगको छलफलसकिएपछि २ दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताए ।
संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘अलि गृहकार्य नपुगेकै हो । दुबै अध्यक्षले बैठक एक दुई दिन भित्र बोलाउँछौँ ।’
अध्यक्ष प्रचण्डले आज नै संसद सभाहलको अनुगमन पनि गरेका छन् ।
अनुगमनका क्रममा प्रचण्डले बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको बताए ।
आज संघीय संसद सांसदहरु र कर्मचारीहरुको स्वाव पीसीआर परीक्षणका लागि संकलन गरीएको छ । संसद बैठक बस्नुअघि परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।
यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?
ओलीले बीचैमा छोडेर हिँडेपछि सचिवालय बैठकले के गर्यो निर्णय ? (भिडियोसहित)
सचिवालय बैठक चल्दाचल्दै जुरुक्क उठेर हिँडे ओली , भएको के थियो ?
नेपालमा कोरोना अपडेट: ९९ पुगे संक्रमित, जम्मा १४ हजार ९६ वटा पिसिआर परीक्षण (विवरणसहित)
बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)
सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी
हृदयघातको हल्ला पछि बोले पूर्वयुवराज पारस : के हर्टअट्याक हुने मान्छे हो म ?
कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया