कालीमाटीमा सेनाका हाकिमको गाडीले पैदलयात्रुलाई ठक्कर दियो

काठमाडौं । काठमाडौंको कालीमाटीमा शुक्रवार बिहान एक निजी कारले पैदलयात्रुलाई ठक्कर दिएको छ।

बिहान ७ बजेर २५ मिनेट जाँदा नेपाली सेनाका हाकिमको गाडीले यात्रुलाई ठक्कर दिएको हो । बिहान किनमेलका लागि घरबाहिर निस्केका यात्रुलाई तीब्र गतिको निजी कारले ठक्कर दिन पुगेको थियो । गम्भीर घाइते उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

दुर्घटनामा सेनाकै उच्च तहका कर्मचारीको संलग्नता रहेको खुलेपछि प्रहरीले थप विवरण दिन आनाकानी गरिरहेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख डीएसपी रुगम कुँवरले घटनाबारे थप विवरण आउन बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?