काठमाडौं । सुपर फ्लावर मून २०२० चन्द्रमा मन पर्नेहरुका लागि रोमाञ्चक बन्यो । नेपाल समेत विश्वभर यस वर्षको अन्तिम सुपरमून बिहीवार देखिएको थियो ।
बिहीवार वुद्ध पूर्णिमाका दिन चन्द्रमा एकदमै चम्किलो र राम्रो देखिनुका साथै लामो समयसम्म देखिएको थियो । सुपरमूनका केहि तस्वीर सोसल मिडियामा भाइरल बनिरहेका छन् ।
नेपालबाट पनि चन्द्रमाको अद्भूत दृश्य देखिएको थियो । एएनआईले पनि केहि तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेको छ ।
मौसम सफा भएको कारणले नेपालबाट पनि चन्द्रमा एकदमै चम्किलो देखिएको थियो । यो यस वर्षकै अन्तिम सुपरमून थियो ।
Visuals of Super Flower Moon from India Gate in Delhi. pic.twitter.com/Z9WHcOdfFB
— ANI (@ANI) May 7, 2020
अब एकै पटक सन् २०२१ मै सुपरमून देख्न पाइनेछ । तर चन्द्र ग्रहण भने देख्न सकिनेछ । आउँदो महिनाको जून ५ मा यस वर्षको दोश्रो चन्द्र ग्रहण लाग्दैछ । उक्त चन्द्रग्रहण नेपाल समेत केहि देशहरुबाट देख्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया