काठमाडौं । शुक्रवार अपरान्ह प्रतिनिधिसभामा बजेट अधिवेशनका लागि बैठक बस्ने भएको छ । कोरोनाको कारण लामो समय रोकिएको बैठक शुक्रवार बसेसँगै सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको स्रोतले जनाएको छ ।
थप कोरोना जटिल नहोस भन्नका लागि बिहीवार सांसद तथ कर्मारीहरुको कोरोना परीक्षण गरिएको थियो । आजको बैठकमा मुलत बजेटका लागि छलफल हुने बताइएको छ ।
संसद भवनमा कोरोना थप जोखिम नहोस भन्नका लागि सुरक्षा अपनाइएको छ । अन्य बैठक भन्दा फरक तरिकाले बैठक बस्न लागेको हो ।
बैठकमा सावधानी स्वरुप सांसदहरुबीचको सामाजिक दुरी कायम गरिएको छ । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीका लागि दुई लहर खाली गरि बस्ने व्यवस्था गरिएको छ । त्यस्तै अरु सांसदहरु एक लहरमा दुई जना मात्र बस्ने व्यवस्था स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया