कोरोना परीक्षणको लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन

काठमाडौं । संसद बैठकको पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वाब संकल गराएका छन् । कोरोनाको कारण लामो समयदेखि रोकिएको संसद बैठक तथा बजेट अधिवेशन आज अपरान्ह ४ बजे शुरु हुँदैछ ।

उक्त बैठकमा उपस्थित हुने प्रत्येक सांसदले कोराना परीक्षणको रिपोर्ट अनिवार्य देखाउनुपर्ने छ । कोरोना परीक्षण नगरी संसदमा प्रवेश गर्न नपाइने भनिएको छ ।

यसैबीच बिहीवार दलका शीर्ष नेता एवं सांसदहरुले कोरोना परीक्षणका लागि स्वाब संकलन गराएका थिए ।

शुक्रबार बिहान स्वास्थ्यकर्मीहरुले प्रधानमन्त्री ओलीका बैठकमा जान अनिवार्य स्वाब परीक्षण गर्नैपर्ने भएकाले संकलन गरि परीक्षणको लागि लगेका बालुवाटार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?