संसद बैठकको पूर्वसन्ध्यामा राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेट

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाबीच संसद बैठकमा भेटघाट भएको छ ।

शुक्रबार दिउँसो राष्ट्रपति भवन शितल निवासमा भएको भेटवार्ताको क्रममा संघीय संसदको छैठौं अधिवेशन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार भेटघाटका क्रममा सभामुख सापकोटाले कोरोनाको महामारीको बीच पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार संसद बैठक तथा बजेट अधिबेशन गर्न लागेको जानकारी गराएका छन् ।

जेठ २ गते संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको छ । भने आज अपरान्ह ४ बजे नयाँ बानेश्वर संसद भवनमा बैठक बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?