प्रतिनिधि सभाको बैठक शुरु

काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बजेट अधिवेशनका लागि बैठक शुरु भएको छ । कोरोनाको कारण लामो समय रोकिएको बैठक आज बसेसँगै सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको स्रोतले जनाएको छ ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर आवश्यक सावधानी अपनाइएको छ । जसअनुसार सांसदहरु बस्ने कुर्सीहरुबीच अन्तर राख्ने, मास्क अनिवार्य लगाउनुपर्ने, संसद भवन प्रवेश गर्नुअघि ज्वरो नाप्ने, साबुन पानीले हात धुने, बोल्ने बेला माइकलाई स्यानिटाइज गर्ने लगायतका उपाय अपनाइएको छ ।

थप कोरोना जटिल नहोस भन्नका लागि बिहीवार सांसद तथ कर्मचारीहरुको कोरोना परीक्षण गरिएको थियो । आजको बैठकमा मुलत बजेटका लागि छलफल हुने बताइएको छ ।

संसद भवनमा कोरोना थप जोखिम नहोस भन्नका लागि सुरक्षा अपनाइएको छ ।

बैठकमा सावधानी स्वरुप सांसदहरुबीचको सामाजिक दुरी कायम गरिएको छ । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीका लागि दुई लहर खाली गरि बस्ने व्यवस्था गरिएको छ । त्यस्तै अरु सांसदहरु एक लहरमा दुई जना मात्र बस्ने व्यवस्था स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?