काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनमा परेका श्रमिकहरुमा सरकारको व्यवहारले आहत पुगेको बताएका छन् । शुक्रवारबाट शुरु भएको बजेट अधिबेसनलाई सम्बोधन गर्दै उक्त धारणा व्यक्त गरेका हुन् ।
यसैक्रममा सम्बोधन गर्दै सभापति देउवाले प्रतिपक्षी भएपनि कोरोना महामारीमा सहयोग गरेको बताएका छन् ।
साथै विश्वमा कोरोनाबाट मृत्यु हुनेहरु प्रति श्रद्धान्जली व्यक्त गर्दै उपचाररत सबैको स्वास्थ्य लाभको कामना साथै उपचारको अग्रमोर्चामा रहेका सबै स्वास्थ्यकर्मी, चिकित्सक एवम् स्वयमसेवकहरुलाई धन्यबाद समेत दिएका छन् ।
विश्व नै कोरोनाको कारण आक्रान्त बनेको बेला सुकुम्बासीलाई जाउलो पुर्याउनु पर्नेमा सुकुम्बासी आयोग गठन गरेको प्रति आक्रोस व्यक्त गरेका छन् ।
यसैक्रममा सभापति देउवाले पत्रकार, श्रमिक, मिडिया हाउस तथा पर्यटन व्यवसायीलाई समेत राहत दिन माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया