काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्व आइजीपी सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान सुरु भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंलाई सांसद सुरेन्द्र यादवले दिएको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरको जाहेरी दर्खास्त पठाएपछि जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहलले शुक्रबार दिउँसो अनुसन्धान शुरु भएको जनाएको छ ।
पूर्वमन्त्रीसमेत रहेका समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको जाहेरी दर्खास्त काठमाडौं प्रहरीलाई पठाइएको स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार यदि आवश्यक परेमा अभियुक्तलाई पक्राउ गर्न सकिने प्रावधान रहे पनि अनुसन्धान अधिकृतलाई कानुनले केही अधिकार दिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया