सांसद अपहरण प्रकरणबारे सरकारले संसदमा यथार्थ जानकारी दिनुपर्छ: सुवास नेम्वाङ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले संसदको अपहरण प्रकरणबारे सरकारले संसदमा यथार्थ जानकारी दिनुपर्ने बताएका छन् ।

संसदको छैठौ अधिवेशनमा दलको तर्फबाट मन्तव्य राख्दै उनले सांसद अपहरणको घटना के भएको हो ? भन्दै सरकाले यसवारे जानकारी दिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘भएको के हो ? यथार्थ कुरा आउछ भन्ने हामी विश्वास राख्छौं ।’ उनले आफ्नो दल कुनैपनि प्रकारको अपराधको पक्षमा नभएको भन्दै जवाफदेहीता र पारदर्शिताका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।

उनले नेकपा संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको दल भएको भन्दै संविधान कार्यन्वयनका क्रममा पनि आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?