कोरोना भाइरस प्रकृतिबाट उत्पन्न भएको विशेषज्ञको दाबी

काठमाडौं । ब्रिटेनको रेन्टिङ विश्वविद्यालयका विषाणुविज्ञानी इयान जोन्सले हालै मात्र कोरोना भाइरस (कोभिड १९) प्राकृतिक रुपमा उत्पन्न भएको बताएका छन् ।

कोरोना भाइरस चीनको वुहान ल्याबबाट पैदा नभएको बताउँदै उनले कोरोना भाइरसको संक्रमण प्राकृतिक भएको जानकारी दिएका हुन् ।

उनले भने, ‘यो जनावरबाट निस्किएको भाइरस हो, किनभने यसको कृत्रिम संश्लेषण गर्ने केहि निशान छैन, यो भन्दा अगाडि पनि केहि पटक पशुबाट उत्पत्ति हुँदै केहि भाइरस फैलिइसकेका छन् । त्यसैले पनि यो भाइरस मानव प्रयोगशालाबाट उत्पत्ति हुने भन्ने केहि सम्भावना छैन ।’

यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ७१ हजार १७० मृत्यु भएको छ भने ३९ लाख ३५ हजार ५६२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १३ लाख ५० हजार ९५७ जना स्वास्थेपचार पछि निको भएका छन् भने ४८ हजार ९१४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म १०२ जनालाई संक्रमण भएको छ भने ३० जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?