काठमाडौं – नेपालमा थप १ जनामा कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ सय २ पुगेको छ । नेपालमा हालसम्म संक्रमित भएकामध्ये ७४ जना पुरुष र २८ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज शुक्रबार एक १६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयलका प्रवक्ता डाक्टर विकास देवकोटाले दिएको जानकारीअनुसार प्रदेश नम्बर १ मा ३१ जना, प्रदेश नम्बर २ मा ३० जना, वाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना, कर्णाली हालसम्म सेफ जोनमा र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी हालसम्म कुल १०२ जना संक्रमित छन् । यी मध्ये ३० जना संक्रमित निको भएर घर फर्किएका छन् । बाँकी संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै हालसम्म पिसीआर विधीमार्फत् १५ हजार ४ सय ९२ जनामा कोरोना जाँच गरिएको छ भने ५४ हजार ५ सय ३१ जनामा आरडिटीविधीमार्फत् कोरोनाको परीक्षण गरिएको छ ।
आफूलाई कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै मन्त्रालयको वेव पेजमा व्यक्तिगत विवरणभरेकाहरुमध्ये हालसम्म ३ सय ३६ जना ‘रेड जोनमा’ परेका छन् । गत २४ घण्टामा यसरी विवरण भरेकामध्ये १ जना ‘रेड जोनमा’ परेका छन् । यसरी विवरण भराउनेको संख्या हालसम्म ३३ हजार ७ सय ९७ रहेको छ ।
हालसम्म देशभर क्वारेन्टाईनमा १५ हजार ६ सय २४ जना छन् भने आईसोलेसनमा १ सय ३५ जना रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसविरुद्धको औषधि मुसामा परीक्षण सफल
कोरोना भाइरसलाई हराउनको लागि अहिले सारा देश लागिपरेका छन् । कोरोना भाइरसको महामारीलाई नष्ट गर्नको लागि हरेक दिन नयाँ प्रयोग भईरहेको छ ।
यसैबीच इटालीका वैज्ञानिकहरुले कोरोना भाइरसलाई नष्ट गर्नका लागि कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउने दाबी गरेका छन् ।
उनीहरुका अनुसार मुसामा सफल परिक्षण भईसकेको र अब मानिसमा पनि छिटै ट्रायल शुरु गर्न लागिएको छ । यस कुराको पुष्टि रोमका इन्फेशियस डिसीज स्प्यानजोनी हस्पिटलमा भएको एक परिक्षणबाट भएको छ ।
अरब न्युजको एक रिपोर्टका अनुसार, इटाली कोरोना भाइरसको भ्याक्सीन बनाउने विश्वकै पहिलो देश बनेको छ । यो परिक्षण सबैभन्दा एडभान्स स्टेज रहेको बताइएको छ ।
औषधि बनाउने एक फर्म ताकिजका सीईओ लिगी ओरिसिशियोले यस बारेमा इटालीको एक एजेन्सीसँग विस्तृतमा बताएका छन् ।
उनले, भ्याक्सिनको परिक्षण गर्नको लागि वैज्ञानिकले मुसाको प्रयोग गरेका थिए । सिंगल भ्याक्सिनेशन पनि मुसामा एन्टिबडीज विकसित भएको पाइएको थियो ।
त्यस्तै प्रक्रीया मानव कोशिकाहरुमा पनि हुने गर्दछ । गर्मी पछि भ्याक्सीनलाई ह्युमन ट्रायल सुरु गरिँदैछ । रिपोर्टका अनुसार ५ भ्याक्सीन क्यान्डिडेट्सले धेरै संख्यामा एन्टीबडी जेनरेट गरेको छ ।
जसमा दुई सर्वश्रेष्ठ परिणामवाला भ्याक्सीनको चयन गरिएको छ । यी सबै भ्याक्सीन डीएनए प्रोटिन स्पाईक को जेनेटिक म्याटिरियलमा आधारित रहेको छ ।
ताकिजका डा. एमानुएल माराका अनुसार यो भ्याक्सीन कुनै पनि प्रकारको कोरोना भाइरसमा असर देखाउन सक्षम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया