काठमाडौं । नेपालमा थप एक महिलामा कोरोना निको भएको छ । नेपालमा स्थानीयमा पहिलो पटक कोरोना संक्रमण दखिएको हो ।
धनगढी ५ कि ३४ वर्षीया महिलाको लगातार दोस्रो पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि सेती प्रादेशिक अस्पतालले शुक्रवार घर पठाएको जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भइ गत चैत्र २२ गतेदेखि अस्पतालमा उपचाररत महिला ३६ दिनपछि घर फर्किएकी हुन् । गत चैत्र १४ गते युएइबाट फर्किएका उनको देवरलाई
त्यहाँ उपचाररत अन्य ४ जना पनि निको भएर घर फर्किसकेका छन् । सुदूरपश्चिम प्रदेशमा कोरोना जितेर घर फर्किनेको संख्या ५ पुगेको छ । भने उनीसहित नेपालमा कोरोना निको हुनेको संख्या ३१ पुगेको छ ।
हालसम्म नेपालमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार मात्रै नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा कोरोना भाइरस अपडेट : थप १ जनामा पुष्टि भएसँगै १०२ पुगे कोरोना संक्रमित, १ सय ३५ जना आईसोलेसनमा
काठमाडौं – नेपालमा थप १ जनामा कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ सय २ पुगेको छ । नेपालमा हालसम्म संक्रमित भएकामध्ये ७४ जना पुरुष र २८ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै हालसम्म पिसीआर विधीमार्फत् १५ हजार ४ सय ९२ जनामा कोरोना जाँच गरिएको छ भने ५४ हजार ५ सय ३१ जनामा आरडिटीविधीमार्फत् कोरोनाको परीक्षण गरिएको छ ।
आफूलाई कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै मन्त्रालयको वेव पेजमा व्यक्तिगत विवरणभरेकाहरुमध्ये हालसम्म ३ सय ३६ जना ‘रेड जोनमा’ परेका छन् । गत २४ घण्टामा यसरी विवरण भरेकामध्ये १ जना ‘रेड जोनमा’ परेका छन् । यसरी विवरण भराउनेको संख्या हालसम्म ३३ हजार ७ सय ९७ रहेको छ ।
हालसम्म देशभर क्वारेन्टाईनमा १५ हजार ६ सय २४ जना छन् भने आईसोलेसनमा १ सय ३५ जना रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसविरुद्धको औषधि मुसामा परीक्षण सफल
कोरोना भाइरसलाई हराउनको लागि अहिले सारा देश लागिपरेका छन् । कोरोना भाइरसको महामारीलाई नष्ट गर्नको लागि हरेक दिन नयाँ प्रयोग भईरहेको छ ।
यसैबीच इटालीका वैज्ञानिकहरुले कोरोना भाइरसलाई नष्ट गर्नका लागि कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउने दाबी गरेका छन् ।
उनीहरुका अनुसार मुसामा सफल परिक्षण भईसकेको र अब मानिसमा पनि छिटै ट्रायल शुरु गर्न लागिएको छ । यस कुराको पुष्टि रोमका इन्फेशियस डिसीज स्प्यानजोनी हस्पिटलमा भएको एक परिक्षणबाट भएको छ ।
अरब न्युजको एक रिपोर्टका अनुसार, इटाली कोरोना भाइरसको भ्याक्सीन बनाउने विश्वकै पहिलो देश बनेको छ । यो परिक्षण सबैभन्दा एडभान्स स्टेज रहेको बताइएको छ ।
औषधि बनाउने एक फर्म ताकिजका सीईओ लिगी ओरिसिशियोले यस बारेमा इटालीको एक एजेन्सीसँग विस्तृतमा बताएका छन् ।
उनले, भ्याक्सिनको परिक्षण गर्नको लागि वैज्ञानिकले मुसाको प्रयोग गरेका थिए । सिंगल भ्याक्सिनेशन पनि मुसामा एन्टिबडीज विकसित भएको पाइएको थियो ।
त्यस्तै प्रक्रीया मानव कोशिकाहरुमा पनि हुने गर्दछ । गर्मी पछि भ्याक्सीनलाई ह्युमन ट्रायल सुरु गरिँदैछ । रिपोर्टका अनुसार ५ भ्याक्सीन क्यान्डिडेट्सले धेरै संख्यामा एन्टीबडी जेनरेट गरेको छ ।
जसमा दुई सर्वश्रेष्ठ परिणामवाला भ्याक्सीनको चयन गरिएको छ । यी सबै भ्याक्सीन डीएनए प्रोटिन स्पाईक को जेनेटिक म्याटिरियलमा आधारित रहेको छ ।
ताकिजका डा. एमानुएल माराका अनुसार यो भ्याक्सीन कुनै पनि प्रकारको कोरोना भाइरसमा असर देखाउन सक्षम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया