काठमाडौं – नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकसम्म भारतले बाटो बनाई मानसरोवर जोड्न ट्रयाक खोलेको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले अनधिकृत रुपमा कब्जा गरेको र आफैँले समेत विवादित भनी स्विकार गरेको पश्चिम सीमा क्षेत्रको नेपाली भूमिमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा शनिबार बिहान उनले हामी सबै कोरोना बिरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुद्ध सरकारले तु कदम चालोस् भनेका छन् ।
हेर्नुहोस् उनको ट्वीट ।
उनको ट्वीटमा धेरै प्रयोगकर्ताले भारतले निरन्तर हेपाहा प्रवृत्ति देखाएको भन्दै सजग हुन र स्ट्याण्ड लिन अनुरोध गरेका छन् ।
हेर्नुहोस् फोटोमा
यसैबीच हिजो शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन् । उनले ट्विट गर्दै यसबारे अविलम्ब आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गरेका छन् ।
यसैबीच परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको भन्दै यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष आग्रह गरिएको बताएका छन् ।
भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले ट्विट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेपछि नेपाल सरकार यसबारे जानकार रहे नरहेको र आगामी कदम के हुने भन्नेबारे राससको प्रश्नमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष आग्रह गरिएको बताएका छन् ।
मन्त्री ज्ञवालीले भने, ‘ लिपुलेक कालापानीबारे सरकार सजग छ, भारत सरकारबाट स्पष्ट विवरण आएपछि नेपाल सरकारले केकस्तो प्रतिक्रिया दिने भन्ने आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।’
यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक कालापानी क्षेत्रमा विभिन्न गतिविधि गरिआएको छ ।
भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्शा सार्वजनिक गरेपछि नेपाल सरकारले केहीअघि आपत्ति जनाएको थियो ।
भएको के हो ?
गत कात्तिक १६ गते नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नोमा पारेर नक्सा जारी गरेको थियो ।
नेपाली भूमि भारतमा ३ सय ९५ वर्ग किमी भन्दा बढी भूभाग आफ्नोमा पारेर नक्सा सार्वजनिक गरेपछि भारतको विरोध भएको थियो। सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएको भन्दै नेपाल र भारतबीच कूटनीति छलफल भएको बतायो ।
नागरिकलाई थम्थमयायो तर भारतले नेपालसँग कुनै सल्लाह नै नगरी नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ।
नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेशिय बिन्दु बनाउन सक्ने सम्मको लचकता देखाउँदा समेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गरेपछि भारतको मिचाह प्रवृतिमाथि नेपाली नागरिकले आक्रोश व्यक्त गरेको छन् ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको उद्घाटन गरेपछि सञ्चारमाध्यमले सार्वजनिक गरेका हुन्।
फोटोमा हेर्नुहोस्
भारतको उत्तराञ्चल राज्यको घटियागढबाट लिपुलेकसम्म ८० किलोमिटर सडक बनाएर भारतले शुक्रबार उद्घाटन गरेको हो।
भारतको उत्तराखण्डको धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्गको भारतीय सेना प्रमुखसहित कार्यक्रममा उद्घाटन गरेका हुन्।
भारतीय रक्षामन्त्री सिंहले उक्त सडक निर्माण गरेकोमा भारतको बोर्डर रोड अर्गनाइजेसन बीआरओलाई केही वर्षदेखि चीनसँग जोड्ने उत्कृष्ट काम गर्दै आएको भन्दै धन्यवाद समेत दिएका छन्।
लोकपथले यसअघि सिमाविद् बुद्धिनारायण श्रेष्ठसँग प्रश्न राखेको थियो किन नेपालले आफ्नो भूमिमा अरुले आधिपत्य जमाउँदा पनि बोल्दैन ? उनको जवाफ छ ‘हाम्रा नेताहरू भारतीयसँग कूटनीतिक पहल नै गर्न सक्दैनन् । प्रधानमन्त्रीलाई यो कुरा थाहा नभएको हो र ? बोल्दैनन् । कहाँ देखियो राष्ट्रवाद खै ?”
हेर्नुहोस् भिडियोमा
(पूर्वप्रकाशित/ प्रसारित अन्तर्वार्ता)
भारतिय मिडियामा व्यापक प्रचार :
मानसरोवर जान अहिलेसम्म नेपालको काठमाडौं- तातोपानी, लखनउ—नेपालगन्ज हुँदै सिमकोटबाट मात्र जाने बाटो छ।
भारतीय मिडियाले कारबाटै मानसरोवर जान सकिने प्रचार गर्न थालिसकेका छन्।
(थप पढ्नको लागि लिंकहरु क्लिक गर्न सक्नुहुन्छ ।)
लिपुलेक १७ सय फिट उचाइमा छ। यो नेपालको दार्चुला जिल्लाको व्यास गाउँपालिका – १ मा पर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया