युएईमा एकैदिन २२ नेपाली कामदारमा कोरोना संक्रमण

काठमाडौं । युएईको शारहजामा एकै दिन २२ नेपाली कामदारहरुमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भेटिएको छ। ती सबै नेपाली महिला कामदार हुन् ।

शारहजाको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा कोभिड(१९ पोजिटिभ देखिएको थियो। पोजिटिभ हुनेमा २२ जना नेपाली महिला कामदारहरु रहेको एनआरएनए युएईको क्युआरएफ टिम नेपालका संयोजक पासाङ शेर्पाले बताए।

संक्रमित हुनेहरुलाई कम्पनीले आफ्नै क्वारेन्टाइन बनाएर अलग राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?