काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ ले लकडाउनका कारण समस्यामा परेका परिवारलाई राहतको सट्टा रोजगारी दिने भएको छ ।
राहत वितरण गर्दा संक्रमण झन बढ्ने भन्दै वडाले त्यस्तो निर्णय गरेको नगरपालिकाको वडा नम्बर १५ ले जनाएको छ ।
शुक्रवार एक सूचना जारी गर्दै वडाले लकडाउनका कारण समस्यामा परेका परिवारको एक सदस्यलाई रोजगारीको प्रवन्ध गरेकोले सम्पर्क गर्न समेत सुझाएको छ ।
वडाध्यक्ष उत्तम बहादुर राउतले निकालेको सूचनामा भनिएको छ, ‘लकडाउनका बेला आयआर्जन नहुँदा हातमुख जोर्ने समस्या सिर्जना भएको छ, उहाँहरूलाई भीडभाड गरी राहत बाँड्ने, खाना खुवाउने गर्दा झन् संक्रमणको जोखिम बढ्ने संभावना भएकोले स्वाभिमान पनि उठ्ने गरी वडा कार्यालयले समस्याग्रस्त परिवारको एक सदस्यलाई कामको प्रवन्ध गरेको हुँदा वडा कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ’ ।
वडाभित्र स्थायीरअस्थायी रूपमा बसोबास गर्ने दैनिक ज्यालामजदुरी गरी खाने नागरिकलाई वडाले काम दिने बताएको हो।
कोरोनाभाइरस महामारीका कारण देश लकडाउनमा रहेको र यस्तो बेला कामविहीन उनीहरूलाई नगरपालिकाले खाद्यान्नलगायत राहत दिँदै आएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया