नेपालको भूमी मिचिएको विषयमा विरोध गर्दा पूर्व एआईजी श्रेष्ठ र सेनाका पूर्व जर्नेल बस्न्यात पक्राउ

काठमाडौं । भारतले नेपाली भूमी लिपुलेकमा आफुखुसी सडक विस्तार गरेको विषयमा विरोध गर्ने क्रममा नेपाल प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठ तथा नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यातलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गरिएका बस्न्यात र श्रेष्ठलाई प्रहरी कार्यालय महाराजगञ्जमा राखिएको स्रोतले जनाएको छ ।

सत्तारुढ दल नेकपाको पार्टी कार्यालय धुम्बाराही अगाडी शंकपार्कमा उनीहरुले लिपुलेकको विषयमा पत्रकार सम्मेलन गर्ने क्रममा शनिवार दिसो उनीहरु पक्राउ परेका हुन् ।
“हामी लिपुलेकमा भारतले बाटो बनाएको विरोधमा केही पत्रकारहरुलाई बोलाएर प्रेस विज्ञप्ति पढ्दैथियौं । त्यतीबेलै हामीलाई भारतको विरोध नगर भनेर समातेर महाराजगञ्ज प्रहरी कार्यालयमा ल्याइएको छ,” पूर्व जर्नेल बस्न्यातले हिरासतबाटै जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?