काठमाडौं । काठमाडौं उपत्यकामा आइतवारदेखि सवारी चलाउनको लागि ‘टाइम कार्ड’ लागू हुने भएको छ ।
लकडाउनको समयमा सवारी चापलाई कम गर्नको लागि उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीचको समन्वयमा कडाई गर्न लागिएको हो । जस अनुसार तोकेको समयमा मात्र सवारी चलाउन पाउने भएका छन् ।
जस अनुसार सरकारी कार्यालयका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ ।
आइतवारबाट नेपालमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा सञ्चालन हुने भएका छन् । त्यसै अनुसार बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्किनुपर्ने नियम लागू भएको छ ।
नयाँ नियम अनुसार खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्नेछ ।
खानेपानी तथा औषधिका सवारी साधानको हकमा भने टाइम कार्ड लागू भएको छैन् ।
बेलुका ८ बजेपछि र बिहान ६ बजेसम्म मात्र निर्माण सामाग्री बोकेका ठूला सवारीलाई उपत्यकाभित्र प्रवेश गर्न दिइने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया