कोरोना अपडेट : विश्वमा पौने तीन लाख भन्दा धेरै मानिसको मृत्यु, संक्रमित झनै बढ्न थाले

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ७६ हजार ९५२ जनाको मृत्यु भएको छ भने ४० लाख ४१ हजार ९९२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १४ लाख ३ हजार ९६६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४८ हजार ८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म ७८ हजार ६४६ जनाको मृत्यु भईसकेको छ भने १३ लाख २३ हजार २८६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १ हजार ५०१ जना नयाँ संक्रमित थपिएका छन् भने आज नै ३१ जनाको मृत्यु भएको छ । त्यहाँ १६ हजार ९१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा आज मात्रै कोरोना भाइरसको महामारीका कारण १७९ जनाले ज्यान गुमाएका छन् भने २ हजार ६६६ जना नयाँ संक्रमित आजै थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म स्पेनमा २६ हजार ४७८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ६२ हजार ७८३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ७४१ जनाको स्वास्थ्य अवस्था गम्भीरु रहेको छ । त्यस्तै इटालीमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ३० हजार २०१ पुगेको छ भने २ लाख १७ हजार १८५ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार १६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३१ हजार २४१ जनाको मृत्यु भएको छ भने २ लाख ११ हजार ३६४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै रुसमा आज मात्रै १०४ जनाको मृत्यु भएको छ भने आज नै १० हजार ८१७ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै रुसमा अहिलेसम्म १ हजार ८२७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९८ हजार ६७६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ३६१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २६ हजार २३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ७९ जनालाई संक्रमण भएको छ । त्यहाँ २ हजार ८६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ५१० जनाको मृत्यु भईसकेको छ भने १ लाख ७० हजार ६४३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ५५ जना नयाँ संक्रमित थपिएका छन् भने त्यहाँ २ हजार ३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै ब्राजिलमा आज कोरोना भाइरसको महामारीका कारण ४५ जनाको मृत्यु भएको छ भने १ हजार १११ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ अहिलेसम्म १० हजार ३७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४७ हजार ३ जनालाई संक्रमण भएको छ । त्यहाँ ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ६८९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३५ हजार ५६९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार २१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण आज ४८ जनाको मृत्यु भएको छ भने १ हजार ५२९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ अहिलेसम्म् ६ हजार ५८९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६ हजार २२० जनालाई संक्रमण भएको छ । त्यहाँ २ हजार ६९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै चीनमा अहिलेसम्म ४ हजार ६३३ जनाको मृत्यु भईसकेको छ भने ८२ हजार ८८७ जनालाई संक्रमण भएको छ ।

चीनमा १५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै क्यानडामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ५६९ जनाको मृत्यु भईसकेको छ भने ६६ हजार ४३४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ७१४ जनाको मृत्यु भईसकेको छ भने ६१ हजार ८४७ जनालाई संक्रमण भएको छ । त्यहाँ ७३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण आज मात्रै ५ जनाको मृत्यु भईसकेको छ भने १८६ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म १ हजार ९९० जनाको मृत्यु भईसकेको छ भने ५९ हजार ८८१ जनालाई संक्रमण भएको छ । त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५८१ जनाको मृत्यु भईसकेको छ भने ५२ हजार ५९६ जनालाई संक्रमण भएको छ ।

बेल्जियममा आज मात्रै ६० जनाको मृत्यु भएको छ भने आज नै ५८५ जना नयाँ संक्रमित थपिएका छन् । बेल्जियममा ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ४२२ जनाको मृत्यु भईसकेको छ भने ४२ हजार ३८२ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै २८९ जना नयाँ संक्रमित थपिएका छन् भने ६३ जनाले आजै ज्यान गुमाएको छन् ।

त्यहाँ ५६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार १६० जनाको मृत्यु भईसकेको छ भने ३१ हजार ५२२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १९९ जनाको मृत्यु भएको छ भने आज नै त्यहाँ १ हजार ९०६ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म १ हजार ८२३ जनाको मृत्यु भईसकेको छ भने ३० हजार २५१ जनालाई संक्रमण भएको छ । त्यहाँ आज ४४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेस्म्म १ हजार ७०४ जनाको मृत्यु भईसकेको छ भने २८ हजार ८१८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्विडेनमा कोरोनाको महामारीबाट ३ हजार २२० जनाको मृत्यु भईसकेको छ भने २५ हजार ९२१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ४५ जनाको मृत्यु भएको छ भने आजै ६५६ जना नयाँ संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा आज ९७६ जनाको मृत्यु भएको छ भने ३२ हजार ७०१ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?