काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ११० पुगेको छ ।
कोशि अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परिक्षणका अनुसार उदयपुर भुल्के निवासी ४३ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल सम्म प्राप्त जानकारीका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया