काठमाडौं । नेपालमा थप १३ जान मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेमा कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज बिहान मात्रै कपिलवस्तुमा १० र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएपछि पुरै जिल्ला सिल गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया