गत २४ घण्टामा मात्रै २२ सय बढीमा कोरोना परीक्षण

काठमाडौं । गत २४ घण्टामा २ हजार २ सय ३६ नमुनाको कोरोना परीक्षण गरिएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनम बितेको ४ घण्टामा २ हजार २ सय ३६ नमुनाको कोरोना परीक्षण गरिएका प्रवक्ता देवकोटाले जानकारी दिए ।

अहिले सम्म पिसिआर प्रविधिबाट १८ हजार ९ सय ६४ र आरडिटीबाट ५९ हजार ६ सय २७ वटा नमुना परीक्षण गरिएको छ । काठमाडौं उपत्यकामा १ जना र उपत्यका बाहिर २ सय २७ गरि मुलुकभर २ सय २८ जना आईसोलेसनमा उपचाररत छन् । त्यसैगरी १२ हजार ७ सय ८५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, प्रदेश १ मा ९ सय ७४ , प्रदेश २ मा १ हजार ५ सय ३४, बाग्मती प्रदेशमा ९०, गण्डकी प्रदेशमा २ सय ९२, प्रदेश ५ माख ५ हजार ४ सय ४२ जना, कर्णाली प्रदेशमा १ हजार ६ सय ९९ र सुदुरपश्चिम प्रदेशमा २ हजार ७ सय ५४ जना क्वारेन्टाइनमा छन् ।

त्यस्तै, मंगलबार मात्रै पर्सामा ३९, रुपन्देहीमा ९, कपिलबस्तुमा ८ र बारामा १ गरी ५७ जनामा नया संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनम प्रवक्ता विकास देवकोटाले नया संक्रमण देखिएकालाई विभिन्न अस्पतालमा उपचारका लागि लैजाने क्रममा रहेको जानकारी दिनुभएको हो ।

उनका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमित मध्ये १ सय ५८ जना पुरुष र ३३ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?