लकडाउन थप कडा बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । कोरोना संक्रमण थप भयावह हुनसक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा थप कडाई गर्न निर्देशन दिएका छन् ।

मंगलवार दिउसो बसेको मन्त्रीपरिषद् बैठकका क्रममा प्रम ओलीले त्यस्तै निर्देशन दिएका हुन् ।

नेपालमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न बनेको उच्चस्तरीय समितिले शुक्रवारबाट काठमाडौंमा भने लकडाउन केही खुकुलो बनाएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतले आइतवारबाट नियमित काम कारबाही अगाडि बढाइरहेका छन् ।

उक्त कुरालाई उद्दृत गर्दै प्रम ओलीले आर्थिक गतिविधी भन्दा मानिसको जीवन महत्वपूर्ण रहेकोमा समेत जोड लकडाउन कडा बनाउन निर्देशन दिएका हुन् ।

काठमाडौं उपत्यकामा लकडाउन खुकुलो भएसँगै सडकमा सवारी चाप देखिएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था खोल्ने नाममा प्रभावकारी नभएको भन्दै असन्तुष्टि जनाएको स्रोतले जनाएको छ ।

उक्त बैठकका क्रममा प्रधानमन्त्री ओलीले लिपुलेकमा भारतले सडक बनाएको कुरा आफूलाई कसैले जानकारी नदिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

भारतले गरेको अतिक्रमणका विरुद्ध कुटनीतिक रुपमा पहल गर्ने र विरोध सडकमा विरोध प्रदर्शन गरेर मात्र समस्या समाधान नहुने पनि प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?