काठमाडौं । अमेरिकाका संक्रामक रोगका प्रमुख विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकी सिनेटरलाई लकडाउन खोले लाखौँ मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएका छन् ।
उनले हतार गरेर तत्काल अमेरिकी सरकारले लकडाउन हटाए कोरोनाको संक्रमणले अमेरिकामा लाखौँ मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिएइका हुन् ।
उनले भने, ‘केहि हदसम्म खुकुलो पार्नु ठिक हो, तर पूरै लकडाउन खोलियो भने लाखौँ मानिसहरुको मृत्यु हुनेछ, त्यसैले दिशानिर्देशिका गरेर मात्र लकडाउनमा केहि खुकुलो बनाउन सकिन्छ ।’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अर्थव्यवस्थालाई पुनः सुचारु गर्नका लागि लकडाउन खोल्न चाहिरहेका बेला भने प्रमुख विशेषज्ञ डा. फाउची लकडाउन खोल्न नहुने बताउँछन् । राष्ट्रपति ट्रम्पले यसका लागि गाइडलाइन्स पनि जारी गरेका छन् ।
फाउचीले मंगलवार मात्र अमेरिकी सिनेटलाई भिडियो कन्फरेन्सिङमार्फत् सम्बोधन गर्ने क्रमममा यस्तो बताएका थिए ।
अहिले अमेरिकाका विभिन्न प्रान्तमा लकडाउन खुकुलो पारिएको छ, उक्त प्रान्तमा संक्रमणतीव्र दरले बढीरहेको छ ।
फाउचीले भने, ‘यदि लकडाउन खुकुलो नै बनाउने हो भने कोरोनाको संक्रमण सम्हाल्नै नसक्ने गरी फैलन ससक्छ, यस्तो स्थितीमा अर्थव्यवस्थामा ठूलो झट्का त लाग्छ नै त्यसका साथै धेरैको ज्यान पनि जानसक्छ ।’
फाउचीले सेप्टेम्बर महिनामा कोरोनाको संक्रमण पुनः बढ्न सक्ने चेतावनी दिएका छन् ।
कोरोना संक्रमणको खतरा ले पहिलो चरणमा भन्दा दोश्रो चरणमा झनै क्षति पुर्याउन सक्ने उनले बताए ।
उनले भने, ‘पहिलो चरणको भन्दा दोश्रो चरणको महामारी हामीमाथि झनै हाबी हुने देखिन्छ, त्यसैले प्रभावकारी ढङ्गले यसबाट सुरक्षित रहने उपयबारे सोच्नुपर्ने अवस्था आएको छ ।’
कोरोनाविरुद्धका लागि भ्याक्सिन तयार गर्ने विभिन्न प्रयाशहरु भईरहेको भए पनि ति औषधिहरु सफल हुने वा नहुने कुनै टुङ्गो नभएकोले थप सतर्क रहनुपर्ने उनले सुझाएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया