काठमाडौं । मंगलबार कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी महिला नर्स भएको खुलेको छ ।
सुनसरीको रामधनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जिल्ला प्रशासन कार्यालय भक्तरका अनुसार उनी आरोग्य अस्पतालमा कार्यरत रहेको खुलेको छ ।
ति महिलामा कोरोनाको संक्रमण पुष्टि भएपछि टेकु अस्पतालमा भर्ना गरिएको छ ।
यसअगाडि मंगलवार कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा पनि कोरोनाभाइरस पोजेटिभ देखिएको थियो । योसँगै नेपालमा दुई जना नर्समा कोरोना पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया