कोरोना संक्रमित भेटिएपछि भक्तपुरमा त्रास, थालियो कन्ट्याक ट्रेसिङ 

काठमाडौं । भक्तपुरमा मंगलवार दुइ जना कोरोना संक्रमण देखिएसँगै त्रास बढेको छ । त्यससँगै कोरोना संक्रमित भेटिएको स्थानहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
भक्तपुरको दुवाकोट र मध्यपुर थिमिका २५ वर्षीय महिला र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमित २७ वर्षीय पुरुष पूर्व गृहमन्त्री भीम रावलका सुरक्षागार्ड भएको खल्न आएको छ।
त्यस्तै संक्रमित भएकी स्वास्थ्यकर्मी भएको खुलेको छ । उनी केहि दिन मात्र सरकारले जारी गरेको सवारी पास लिएर सुनसरीबाट भक्तपुर आएकी थिइन्।
संक्रमित बस्ने घरलाई पूर्णरुपमा सिल गरिएको छ । भने उनका परिवार तथा संगतमा आएकाहरुको कन्ट्याक ट्रेसिङ शुरु गरिएको छ।
साथै उनीहरुको संगतमा आएका मानिसहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
संक्रमित बस्ने भक्तपुरको शंखधर चोकमा भने मानिसलाई हिँड्डुल गर्न रोक लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?