काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेमा बाँके जिल्लाको नेपालगञ्ज निवासी ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उनको धुलिखेल अस्पतालमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । उनी स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको साथै अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १८ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया