काठमाडौं । कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राज्यले आफूलाई दिएको सबै सुरक्षाकर्मी फिर्ता लैजान माग गरेका छन् ।
आफुलाई सुरक्षा खतरा महशुस नभएको भन्दै प्रवक्ता श्रेष्ठले जुन सुकै बेला पनि आफुलाइृ खटाइएका सुरक्षाकर्मी फिर्ता लैजान सक्ने बताएका हुन् ।
बुधवार श्रेष्ठले एक ट्वीट गर्दै आफ्नो भन्दा राज्यको सुरक्षा महत्वपूर्ण रहेकोमा समेत जोड दिएका छन् । उनले भनेका छन्, “थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिन।मैले आफुलाई सुरक्षा खतरा महशुष गरेको छैन।राज्य सँयन्त्रले त्यस्तो आँकलन गरेको छ भनेपनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ।”
त्यस्तै आफूले नियमित रूपमा सशस्त्रको पछुवा गाडी प्रयोग नगर्ने पनि बताएका छन्।
श्रेष्ठलाई १२ जना सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएका छन्।
आफुले राज्यबाट लिएको सुरक्षाकर्मीबाट कुनै असर परेको भएमा उनले क्षमा याचना समेत गरेका छन् । “राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ। यसबाट राज्यलाई अप्ठेरो परेकोभए क्षमा याचना।” उनले भने ।
यस अघि उनले सरकारले स्थापना गरेको कोभिड १९ रोकथाम तथा नियन्त्रण कोषमा एक वर्षको तलव दिने घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया