स्वास्थ्य मन्त्रालय प्रवेशमा पत्रकारलाई रोक !

काठमाडौं । बुधवारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालमा पत्रकार प्रवेशलाई कडाई गरिएको छ ।

समामचार संकलनको लागि दिनहुँजसो धेरै पत्रकार त्यहाँ जाने गर्दछन् । तर बुधवारदेखि समाचार संकलनका लागि परिचय पत्र देखाएर प्रवेश गर्ने गरेका पत्रकारलाई सुरक्षाकर्मीले रोकेका छन् ।

स्वास्थ्य मन्त्रालयमा बसेको एक बैठकले मन्त्रालयका उच्च अधिकारीहरुलाई पत्रकारहरुलाई नभेट्न साथै सूचना नदिनको लागि समेत निर्देशन दिएको जनाएइको छ । त्यसै अनुसार नै गेटबाटै पत्रकारलाई प्रवेशमा रोक लगाइएको बुझिएको छ ।

तर मन्त्रालयमा आउने अन्य मानिसहरुलाई भने रोकिएको छैन् । नेपालमा कोरोना संक्रमितको संख्या थपिएसँगै जोखिम थप बढ्न सक्ने भन्दै मन्त्रालयमा पत्रकारलाई प्रवेश रोक लगाइएको हो ।

त्यसँगै मन्त्रालयका मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की र प्रवक्ता डा. विकास देवकोटालाई सम्पर्क गरेर मात्र मन्त्रालय प्रवेश गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?