काठमाडौं । नेपालमा बुधवार थप दुई जनाले कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
घर फर्किनेमा बुटवलमा उपचाररत पुरुष तथा चितवनमा उपचाररत महिला रहेकी छिन् । बुटवलका २४ वर्षीय पुरुष कोरोना संक्रमण भइ अस्पताल भर्ना भएको ११ औँ दिनमा उपचारपछि निको भएर घर फर्किएका हुन् र चितवनकी उपचाररत ६३ वर्षीया महिला कोरोना उपचारपछि २६ औँ दिन घर फर्किएकी हुन् ।
उनी दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक छोरालाई कोरोना भाइरस सङ्क्रमण देखिएको थियो भने अर्का एक छोरामा नेगेटिभ देखिएको थियो । वैशाख १३ गते २७ वर्षीय छोरा सङ्क्रमणमुक्त भए पनि आमालाई निको हुन समय लागेको थियो । आमासँगै घर जाने बताएपछि सङ्क्रमण निको भएका छोरा पनि अस्पतालकै क्वारेन्टाइनमा बसेका थिए ।
त्यससँगै नेपालमा हालसम्म ३५ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया