काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा बोलाइएको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
भारतले नेपालको भूमी प्रयोग गरी बाटो विस्तार गरेको विषयमा छलफल गर्नको लागि उक्त बैठकको आह्वान गरिएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईले जानकारी दिएका छन् ।
बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेकपाका अन्य शीर्ष नेताहरु रहेका छन् । साथै अन्य साना दलहरुको समेत उपस्थिती रहेको स्रोतले बताएको छ ।
नेपालका तर्फबाट एकीकृत धारणा बनाउनका लागि बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, पूर्वप्रधानमन्त्री, सीमाविद्लाई बोलाइएको छ।
भारतले नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जान सडक गत शुक्रवार उद्घाटन गरेको थियो ।
यसैबीच बैठकमा ३ दिनअघिदेखि खुकुलो पारिएको लकडाउन, बढ्दो कोरोना संक्रमित र यसको नियन्त्रणका विषय पनि बैठकमा छलफल गरिने बताइएको छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?
सचिवालय बैठक चल्दाचल्दै जुरुक्क उठेर हिँडे ओली, भएको के थियो ?
नारायणी अस्पतालबाट दुइ कोरोना संक्रमित फरार
नेपालमा ३५ जनाले जिते कोरोना, आज मात्रै २ जना घर फर्किए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया