सर्वदलिय बैठकमा एमसीसीबारे सभापति देउवाले के भने ?

काठमाडौं । आज बसेको सर्वदलिय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी देशको हितमा रहेकाले जसरी पनि पास गर्नुपर्ने माग राखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार भारतले नेपाली भूमीमा सडक विस्तार गरि भूमी अतिक्रमणको विषयमा सर्बदलिय छलफलका लागि बैठक बोलाएका थिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक एमसीसी पास नभए वर्तमान सरकारको माग निर्णयसमेत नमान्ने बताएका छन् ।

यसैक्रममा सभापति देउवाले सीमा समस्या समाधान गर्न सरकारले पहल गर्न सुझाव दिएका छन्।

सुगौली सन्धिमै प्रष्ट भनिएअनुसार कालापानी नेपालकै भूमी भएको र लिपुलेक त्रिदेशीय नाका भएकाले भारतले त्यसरी एकलौटी ढंगले सडक विस्तार गर्न नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?