कोरोना महामारीकाबीच ‘एनडब्ल्युएस’को चेतावनीसँगै थपियो चिन्ता

काठमाडौं । विश्वमा कोरोना भाइरसको महामारीले ग्रस्त छ । कोरोना भाइरसको महामारीबाट अत्याधिक प्रताडित देश अमेरिकामा फेरी अर्काे चिन्ता थपिएको छ ।

नेशनल वेदर सर्भिसले अघिल्लो हप्तामा अमेरिकामा भयंकर तुफान, बवन्डर आउने चेतावनी दिएका छन् ।

मौसम विभागका अनुसार अमेरिकाका केहि राज्यमा भयंकर तुफानको खतरा रहेको छ । अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८३ हजार ५०५ जनाको मृत्यु भएको छ ।

भने १४ लाख १० हजार २६७ जनालाई संक्रमण भएको छ । यस्तो अवस्थामा एनडब्ल्युएसको चेतावनीले अमेरिकामा थप चिन्ता थपिएको छ । Accuweather का अनुसार सोमवार उत्तरी र पश्चिमी टेक्सासका केहि भागमा आँधीका साथै भीषण वर्षा भएको थियो ।

दक्षिणी मैदानी क्षेत्रमा राती तीव्र हावाहुरीका साथ भीषण वर्षा भएको बताइएको छ । त्यस्तै मंगलवार पूर्वी न्यु मेक्सिकोमाबाट मध्य टेक्सास र दक्षिणी ओक्लाहोमासम्म चक्रवाती तुफान सक्रिय भएको थियो । त्यहाँ पनि आँधि तुफान र ठूला असिना परेको थियो ।

केहि तुफानले ठूलो क्षति निम्त्याउन सक्ने

नेशनल वेदर सर्भिसका अनुसार मौसम परिवर्तन अघिल्लो हप्तासम्म जारी रहनेछ । त्यसताका केहि भयंकर तुफान आउन सक्ने भन्दै एनडब्ल्युएसले चेतावनी दिएको हो ।

यसको सबैभन्दा धेरै प्रभाव मध्य अमेरिकामा पर्ने बताइएको छ । नेब्रास्का, कन्सास, ओक्लाहोमा र टेक्सासको पश्चिमी र केन्द्रिय भागमा अघिल्लो २४ घण्टामा केहि साना ठूला तुफानले क्षति गर्न सक्ने बताइएको छ ।

यस बेलामा ७० किमीको रफ्तारमा तीव्र हावा चल्ने र भीषण वर्षाको सम्भारवना रहेको बताइएको छ ।

साथै तुफान सहितको भीषण वर्षाले कन्सास, ओक्लाहोमा सिटी र एबिलिन, टेक्शासमा बाढी आउने सक्ने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नुभयो त ?

अनियन्त्रित भएर पृथ्वीमा खस्यो चीनको रकेट

बाँकेपछि कपिलवस्तुमा थपिए अर्का कोरोना संक्रमित

कपिलवस्तुमा मात्रै ३० जनालाई कोरोना संक्रमण, नेपालमा २१९ पुगे संक्रमित

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, के छ एजेण्डा ?

धनुषामा कोरोना संक्रमित थपिएसँगै निषेधाज्ञा जारी गर्ने तयारी

स्पेनमा ११३ वर्षीया वृद्धाले जितिन् कोरोना

कोरोना महामारीका बीच अर्को संकट : रुसी रकेट अन्तरिक्षमा बिस्फोट

जनकपुरका पत्रकारमा पनि देखियो कोरोना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?