नवलपरासीमा पहिलो पटक देखियो कोरोना

काठमाडौं । बुधवार नवलपरासी जिल्लामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नवलपरासीका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणका क्रममा उनको कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आजै गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेमा रुपन्देही जिल्ला निवासी २२, २२,२५, २८, ३०,३२, ३३,४१ वर्षीय पुरुष तथा ४,१०,२८, वर्षीय कहिलाहरु रहेका छन् ।

त्यस्तै कपिलवस्तु निवासी २२,२९,३२,४०,४०,४२,४२ वर्षीय पुरुषहरु रहेका छन् । त्यस्तै पर्सा निवासी ३६ र ७४ वर्षीय पुरुषहरु रहेका छन् भने ३६ वर्षीया महिला रहेकी छन् ।

मन्त्रालयका अनुसार उनीहरु चिकित्सकको निगरानीमा रहेको साथै सबैको अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?