विवेक विश्वकर्मा / भैरहवा । रुपन्देहीको सीमावर्ती भारतीय सहर नौतनवाको क्वारेन्टाइनमा बसेका करिब ५ सय नेपाली नागरिक मुलुकमा भित्रिएका छन् ।
भारतको विभिन्न स्थानबाट स्वदेश फर्किने आशामा बेलहिया सीमामा आइपुगेका नेपालीहरुलाई भारतीय क्वारेन्टाइनमा राख्ने गरिएको छ ।
भारतीय क्वरेन्टाइनमा २१ दिन बसेर दशगजमा आइपुगेका ५ सय हारहारीमा नेपाली नागरिकलाई मुलुक प्रवेश गराएर पुनः क्वारेन्टाइनमा व्यवस्थापन गर्न थालिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।
प्रजिअ पन्थका अनुसारका भित्रिएका नेपाली नागरिकहरुलाई रुपन्देहीको तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ । उनीहरु देशका विभिन्न जिल्लाका रहेका छन् ।
‘अहिले सीमामाबाट उहाँहरुलाई ल्याएर यहाँका दुई स्थानीय तहका क्वारेन्टाइनमा राखेर पीसिआर परिक्षण गर्ने छौँ’ उनले भने, नेगेटिभ रिपोर्ट आए सम्बन्धित स्थानमा पठाउने छौँ, पोजेटिभ आए अस्पतालमा उपचारका लागि लग्नेछौँ ।’ रतका विभिन्न शहरबाट सीमामा आएर अलपत्र परेको नेपालीलाई बुधवार रुपन्देहीको बेलहिया नाकाबाट करिब ५ सयको हाराहारीमा नेपाली नागरिक भित्रिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया