काठमाडौं । काठमाडौंमा फेरी एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत वैशाख ३० गते (मंगलवार) पनि काठमाडौंकी ३३ वर्षीय महिलामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
त्यस्तै आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा चन्द्रगिरीका एक ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै त्रास थपिएको छ ।
नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ ।
काठमाडौंको चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष तथा कपिलवस्तु नवासी ६ वर्षीया बालिकामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको अहिले स्वास्थ्यअवस्था सामान्य रहेको छ भने संक्रमित चिकित्सकको निगरानीमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया